१ श्रावण २०८३, शुक्रबार

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा विभिन्न सम्बन्धित निकायले गरे अनुगमन , केहिलाई जरिवाना

एसीपी संवाददाता

२३ आश्विन २०८१, बुधबार ११:४९ मा प्रकाशित

नेपालगन्ज  – जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज तथा अन्य सरोकारवाला निकायहरू समेतको सहभागितामा आज अनुगमन गरिएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका चौलिका चोक देखि धम्बोझी सम्ममा रहेका ८ वटा होटल तथा मिठाई पसलहरूको स्थलगत आकस्मिक अनुगमन को क्रममा देहाय बमोजिम पाइयो। .
अमन स्वीट हाउसलाई बिल बिजक बिना कारोवार गरेकोले तत्काल रू २००००/- जरिवाना गरियो।
खुशी मिठाई पसललाई बिल बिजक बिना कारोवार गरेकोले तत्काल रू १०,०००/- जरिवाना गर्नुकासाथै खान अयोग्य ३ के.जि.मिठाई रू २१००/- मूल्य बराबरको नष्ट गरियो।
फेमश हलुवा पराठालाई बिल बिजक बिना कारोवार गरेकोले तत्काल रू १०,०००/- जरिवाना गरियो।
नेपालगञ्ज मिष्ठान्न भण्डारलाई बिल बिजक बिना कारोवार गरेकोले तत्काल रू १०,०००/- जरिवाना गर्नुकासाथै खान अयोग्य १५ के.जि.मिठाई रू ९,०००/- मूल्य बराबरको नष्ट गरियो।
माँ बागेश्वरी मिठाई पसललाई बिल बिजक बिना कारोवार गरेकोले तत्काल रू ५,०००/- जरिवाना गर्नुकासाथै खान अयोग्य ८ के.जि.मिठाई रू ५६००/- मूल्य बराबरको नष्ट गरियो।
अन्य ३ वटा पसल क्रमश वालाजी स्वीट हाउस, नेपाल होटल एण्ड लज र शान्ति स्वीटको अवस्था सामान्य रहेतापनि केही संरचनागत सुधार र सरसफाईमा थप ध्यानदिन निर्देशन दिइयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x