१ श्रावण २०८३, शुक्रबार

भारत सरकारले पठायो बाढी र पहिरो प्रभावितका लागि राहत सामाग्री

एसीपी संवाददाता

२४ आश्विन २०८१, बिहीबार ०९:१७ मा प्रकाशित

नेपालगन्ज –   हालै आएको बाढी, पहिरोबाट प्रभावित परिवारका लागि भारत सरकारले राहत सामाग्री हस्तान्तरण गरेको छ।

बुधबार नेपालगञ्ज आइपुगेको राहत सामाग्रीको दोस्रो खेप भारत सरकारका सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई हस्तान्तरण गरेका छन।

भारतबाट अत्यावश्यक सरसफाई सामाग्री, औषधि, लामखुट्टेको जाली, लाइफ ज्याकेट, सुत्ने म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर डुङ्गा र मोटर सहितको २१.५ टन मानवीय सहायताको खेप आज नेपालगञ्ज ल्याइएको हो। राहत सामाग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ।

भर्खरै आएको बाढी र पहिरोबाट परेको विनाश पछि सबै प्रकारको सहयोग प्रदान गर्न भारत सरकार प्रतिबद्ध रहेको नेपालस्थित दूतावासले जनाएको छ। सिधार्थअनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x