गुल्जार ए अदबमा गजल बाचन
नेपालगञ्जस्थित गुल्जार–ए– अदबको नियमित मासिक गजल गोष्ठी उर्दू गरिएको छ । उर्दू साहित्यकारद्वारा “मुहब्बत बड़ाए सिकायत तमहारी” मिश्ररामा गÞजल गोष्ठीमा गजल वाचन गरियो ।
गोष्ठीमा गुल्जार–ए–अदबका सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, मोहम्मद उमर हलवाई, हाफिज अहमद हुसैन, मेराज अहमद हिमाल, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय सदस्य मोहम्मद आरीफ अन्सारी, सैयद असफाक रसूल हाशमी, सुयेब अन्सारी, नूरुल हसन राई, मौलाना अन्सर नेपाली लगायतले गÞजल वाचन गर्नुभएको थियो ।
ईमाम बिन हम्बल विकास केन्द्र नेपालगञ्जका मौलाना अन्सर नेपालीद्वारा सञ्चालित गÞजल गोष्ठीमा बयोबृद्ध उर्दू साहित्यकार सैयद असफाक रसूल हाशमीको अध्यक्षतामा भएको थियो ।
गुल्जार–ए–अदबद्वारा आयोजित मासिक गÞजल गोष्ठी प्रत्येक महिनाको अन्तिम शनिवार उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी हुर्दै आएको छ ।



