१ श्रावण २०८३, शुक्रबार

सशस्त्र प्रहरीका इन्स्पेक्टर बडुवालको दुखद निधनः जो विपद उद्दारका कमान्डर थिए

एसीपी संवाददाता

२९ आश्विन २०८१, मंगलवार ११:१९ मा प्रकाशित

असोज ११ गते आएको बाढी पहिरोमा परेकाको उद्धारको काममा कमान्डर रहेका सशस्त्र प्रहरी बलका निरिक्षक (इन्स्पेक्टर) दिलबहादुर बडुवालको ज्वरोलगायतका कारण निभन भएको छ।

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा सोमबार बिहान उनको निधन भएको हो।

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेको पनौती नगरपालिका ५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो । साउन ३ देखि उनी सोही बेसको कमान्डर थिए।

पछिल्लो पटक असोज ११ देखिको झरीले काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्धारका लागि उनको कमान्डमा टीम खटिएको थियो। सो बेसबाट काभ्रेको रोशी, भूमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङलगायतका स्थानमा उनको कमान्ड परिचालित थियो।

दशैंको टिकाको दिन ज्वरोलगायतको बिरामका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो।सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x