१ श्रावण २०८३, शुक्रबार

इञ्जिनमा समस्या देखिएपछि बुद्ध एयरको जहाज आकस्मिक अवतरण

एसीपी संवाददाता

१ कार्तिक २०८१, बिहीबार १०:०९ मा प्रकाशित

काठमाडौं – माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बुद्धको नाइनएनएजेएस जहाज एउटा इञ्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको हो ।

दायाँ इञ्जिनमा समस्या देखिएपछि अवतरण गरिएको र सबै स्थिति सामान्य रहेको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए । बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार उक्त जहाजलाई हाल बुद्ध एयरको प्राविधिक समूहले हेरिरहेको छ । सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x