१ श्रावण २०८३, शुक्रबार

रवि पक्राउ पर्नु एक दिन अगाडि स्वोर्णिम वाग्ले भारतीय दूतावासमा देखापरे

एसीपी संवाददाता

३ कार्तिक २०८१, शनिबार १३:१२ मा प्रकाशित

१७ अक्टोबर २०२४ मा नेपालस्थित भारतीय दूतावासले दशैं, तिहार र छठ पर्वको अवसरमा भारत र नेपालबीचको सांस्कृतिक एकताको उत्सव मनाएको छ। यस उत्सवमा नेपालका कला र संस्कृतिका क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सहित विभिन्न क्षेत्रमा योगदान दिने प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले दशैंको परम्परागत पिङमा झुलेर रमाइलो मात्र गरेनन्, नेपाल र भारतका परम्परागत परिकारहरूको स्वाद पनि चाखेका थिए। यो कार्यक्रमले दुई देशबीचको सांस्कृतिक नाता अझ सुदृढ बनाएको थियो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वोर्णिम वाग्लेले पनि सहभागिता जनाएका थिए। उनी भारतीय राजदूत नवीन श्रीवास्तवसँग एउटै टेबलमा बसेर कुराकानी गरेका थिए। स्वोर्णिम वाग्लेले आफ्नो पार्टीमा भारतसँगको राम्रो सम्बन्ध कायम गर्ने अपेक्षा गरिएको छ।

उक्त उत्सवको एक दिनपछि, अर्थात् १८ अक्टोबर २०२४ मा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पक्राउ परेका थिए। यद्यपि, यस सांस्कृतिक उत्सव र लामिछानेको पक्राउको कुनै प्रत्यक्ष सम्बन्ध नभएको बताइएको छ। लामिछानेको पक्राउ सरकारद्वारा सहकारी सम्बन्धी मुद्दामा पहिल्यैदेखि अनुसन्धानको लागि योजना गरिएको थियो। तर, यो संयोगले स्वोर्णिम वाग्लेको भूमिका र नेतृत्वमा थप चर्चा बढाएको छ, किनकि लामिछानेको गिरफ्तारीपछि वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्ने सम्भावना रहेको छ।

वाग्लेमाथि पार्टीका पूर्व महासचिव मुकुल ढकालले एकपटक भारतीय पक्षसँग रवि लामिछानेलाई नेपालको प्रधानमन्त्री बनाउनका लागि अनुरोध गरेको आरोप लगाएका थिए। यद्यपि, यो आरोप प्रमाणित नभएको र वाग्लेको भारतसँगको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला, भारतीय दूतावासमा उनको उपस्थिति र लामिछानेको गिरफ्तारीको घटनाले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ। नेपालआज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x