१ श्रावण २०८३, शुक्रबार

रास्वपा का कार्यकर्ताहरू माथी अश्रुग्यास र पानीको फोहरा

एसीपी संवाददाता

४ कार्तिक २०८१, आईतवार १५:१० मा प्रकाशित

सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको छ ।

आइतबार दिउँसो पोखराको सहिद चोकमा रास्वपा कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए । प्रशासनले सहिद चोक क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।

निषेधित क्षेत्रबाट हट्न पटक–पटक गरेको आग्रहलाई प्रदर्शनकारीहरूले अटेर गरेको भन्दै प्रहरीले सुरूमा पानीको फोहरा हानेको थियो । प्रशासनले निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने भनेको छ ।

साथै रास्वपा कार्यकर्ताहरू र प्रहरीबीच धकेलाधकेल भएको छ। त्यसपछि प्रहरीले प्रदर्शनकारीहरूलाई लक्षित गर्दै अश्रुग्यास हानेको छ। भिड तितरबितर गर्न अश्रुग्यास प्रहार गरिएको प्रहरीको भनाइ छ।

सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले गत शुक्रबार पक्राउ गरी पोखरा लगेको थियो। लामिछानेलाई आइतबार दिउँसो जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

अदालत परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले आफूलाई अदालतले न्याय दिने विश्वास रहेको बताए भने देशैभरिबाट केपी शर्मा ओली नेतृत्वको सरकारको विरोधमा उत्रन आह्वान गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x