१ श्रावण २०८३, शुक्रबार

नेपाली कांग्रेस बाँकेको पत्रकारसंग भेटघाट र शुभकामना आदानप्रदान

एसीपी संवाददाता

७ कार्तिक २०८१, बुधबार ०९:१२ मा प्रकाशित

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले आज पत्रकार भेटघाट एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पार्टी कार्यालय नेपालगञ्जमा दशैं, तिहार र छठ पर्व तथा नेपाल सम्बत ११४५ को अवसरमा पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । त्यस अवसरमा सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को हालै सम्पन्न महाधिवेशनमा बाँके जिल्लाबाट केन्द्रिय समितिमा निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई सम्मान एवम् बधाई ज्ञापन समेत गरिएको छ ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बडा दशैं लगायत नजिकिएका अन्य चाडहरुको अवसरमा शुभकामना ब्यक्त गर्दै पार्टीका महत्वपूर्ण गतिविधिका बारेमा पत्रकारहरुलाई जानकारी गराएका थिए । गौडेलले सञ्चार जगतसंग नियमित र निरन्तर सम्पर्कमा रहँदै विश्वासको जग बलियो बनाउन नेपाली कांग्रेस बाँके सधैं प्रतिबद्ध रहेको बताए । उनले पार्टीका गतिविधिलाई आफ्ना सञ्चार माध्यमहरुमा यथोचित स्थान दिइरहेकोमा धन्यवाद ज्ञापन गर्दै स्वस्थ आलोचना र पृष्ठपोषण लागि कांग्रेस बाँके खुला रहेको बताए ।

May be an image of 11 people, hospital and text

गौडेलले पार्टीले जिल्लामा ‘जेष्ठ नागरिक, महिला र युवाको योगदानः पार्टी संगठन सुदृढीकरणमा बाँके कांग्रेसको अभियान’ नाम दिएर चार महिने अभियान, केन्द्रिय अभियान अन्तर्गत सय दिने अभियान, प्रशिक्षण कार्यक्रम, साधारण र क्रियाशील सदस्यता वितरण कार्य, सदस्यता कार्ड वितरण, सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, स्वास्थ्य शिविर, असहायहरुलाई भोजन ग्रहण गराउने लगायतका क्रियाकलाप सञ्चालन गरिरहेको बताए । “पार्टीका नेताहरुको जन्मजयन्ति, स्मृति दिवस तथा अन्य महत्वपूर्ण दिवसहरु बार्षिक क्यालेण्डर नै बनाएर मनाउने गरिएको छ । सार्वजनिक महत्व तथा जनचासो र सरोकारका विषयमा समेत प्रेस विज्ञप्तीमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने काम पनि नेपाली कांग्रेस बाँकेले प्राथमिकताका साथ गर्दै आएको छ,” उनले भने-“सुशील कोइराला स्मृति भवनको तेस्रो तला ढलान सम्पन्न गरेर फिनिसिङको चरणमा प्रवेश गरेको छ, अझै माथि एक तला ढलान हुनेछ ।” सभापति गौडेलले जिल्लामा दुई वटा बार्षिक सम्मेलन सफलतापूर्वक सम्पन्न गरिसकेको पनि जानकारी गराए ।

जिल्ला कोषाध्यक्ष यज्ञ बहादुर बस्नेतले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) का कोषाध्यक्ष तुला अधिकारी, पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर नेपाल बाँकेका सहसचिव डिल्ली शाही, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्माले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । पार्टी प्रबक्ता डिल्ली गिरीले सञ्चालन गरेको कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकारहरुले शुभकामना ब्यक्त गरेका थिए ।

त्यस अवसरमा अकोराबको केन्द्रिय समितिमा नबनिर्वाचित कोषाध्यक्ष अधिकारी तथा केन्द्रिय सदस्यद्वय मोहम्मद आरिफ अन्सारी र हेमन्त विकलाई पार्टी सभापति गौडेलले टीका र खादा लगाएर सम्मान गर्दै बधाई ज्ञापन गरेका थिए । भदौ २८ र २९ गते ललितपुरमा सम्पन्न भएको महाधिवेशनबाट बाँकेका तीन जना केन्द्रिय समितिमा निर्वाचित भएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x