१ श्रावण २०८३, शुक्रबार

स्थापना दिवसको अवसरमा तरुण दल बाँकेद्वारा खाद्यान्न वितरण

एसीपी संवाददाता

१० कार्तिक २०८१, शनिबार ११:२८ मा प्रकाशित

नेपालगन्ज –  नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल बाँकेले मानवसेवा आश्रमलाई खाधान्न वितरण गरेको छ । तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा तरुण दलले आज बिहान आश्रमलाई खाधान्न सामाग्री वितरण गरेको बाँके अध्यक्ष बीरेन्द्र बहादुर शाहले जानकारी दिए । उनका अनुसार चामल, दाल, तेल,चिनी, स्वायविन लगायत करिब २५ हजार मुल्य बराबरको खाधान्न सामाग्री आश्रमलाई हस्तान्तरण गरिएको हो । आश्रममा आयोजित एक कार्यक्रमकाबीच नेपाली काँग्रेस सय दिने अभियानमा बाँके खटिएका केन्द्रिय प्रतिनिधि कृष्णकिशोर घिमिरेले खाधान्न हस्तान्तरण कार्यक्रमको दिप प्रज्ज्वलन गरेर उद्घाटन गरेका थिए । तरुण दल बाँकेका अध्यक्ष शाहको अध्यक्षतामा भएको कार्यक्रममा घिमिरेले तरुण दलले प्रदान गरेको खाधान्नले आश्रममा रहेका व्यक्तिहरुको जीवन रक्षाका लागि महत्त्वपूर्ण रहेको बताए ।
यस्तै काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले तरुण दलले सहारा बिहिन व्यक्तिहरुलाई आश्रय दिइरहेको आश्रमलाई सहयोग गरेको भन्दै खुशी व्यक्त गरे । उनले आफू ५७ सालमा तरुणको अध्यक्ष हुँदा पनि यस्ता सामाजिक तथा मानवीय सेवाक कार्यक्रम गर्ने गरेको स्मरण गरे । उनले तरुण दलले गर्नु पर्ने कामहरु अझै थुप्रै बाँकी रहेकाले त्यसतर्फ पनि ध्यान दिनु पर्ने उल्लेख गरे ।
कार्यक्रममा काँग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी, नेपाल तरुण दलका केन्द्रिय सदस्य विश्व लम्शाल, काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापती रमेश गुप्ता, काँग्रेस बाँकेका कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेणुसिंह ठाकुर, प्रवक्ता डिल्ली गिरी, नेपाल विधार्थी संघका केन्द्रिय सदस्य आशिष बर्मा, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल लगायतको सहभागिता रहेको थियो । तरुण दल बाँकेका सचीव बिनोद रिजालले सहजीकरण गरेको कार्यक्रममा आश्रमको अवस्था र उद्देश्यबारे आश्रमकी सह-संयोजक बिष्णु घर्तीले जानकारी प्रदान गरेकी थिइन् । यस्तै उक्त कार्यक्रममा आश्रमलाई तरुण दल नेपालगन्ज नगर सभापति सन्दीप जंग शाहले ११ र तरुण युवा समीर बिष्टले ७ हजार नगद प्रदान गरे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x