१ श्रावण २०८३, शुक्रबार
वीरगञ्जस्थित नारायणी रङ्गशालाको स्तरोन्नति कार्यको अनुगमन
वीरगञ्जस्थित नारायणी रङ्गशालाको स्तरोन्नति कार्यको अनुगमन गर्ने अवसर मिल्यो । यस महत्वपूर्ण परियोजनामा निरन्तर योगदान गर्दै आउनु भएका पर्सा क्रिकेट सङ्घ र अध्यक्ष मनिष सिंहज्यूलाई विशेष धन्यवाद व्यक्त गर्दछु । यो प्रयासले न केवल स्थानीय खेलकुद पूर्वाधारको विकास गर्नेछ, तर यस क्षेत्रका युवाहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
नेपाल सरकार खेलकुद पूर्वाधारको सुदृढीकरणमा पूर्ण प्रतिबद्ध छ, र नारायणी रङ्गशालाको स्तरोन्नति कार्यलाई समयमै पूरा गर्न आवश्यक सहयोग उपलब्ध गराउन सुनिश्चित गर्छु । स्थानीय स्तरमा यस्ता पहलले खेलाडीहरूलाई प्रेरित गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा अवसरहरू सिर्जना गर्ने विश्वास लिएको छु ।
Subscribe
Login
0 Comments



