१ श्रावण २०८३, शुक्रबार

लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्राचार

एसीपी संवाददाता

१७ कार्तिक २०८१, शनिबार २१:१९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्राचार गरेको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न उपस्थित गराउन पत्राचार गरिएको हो ।

बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न उपस्थित गराउन पत्राचार गरिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

सुप्रिम सहकारीबाट उनको नाममा ऋण प्रवाह भएको भेटिएको छ । सुप्रिमबाट लामिछानेले २०७७ चैत १८ मा लिएको २ करोड ऋण गोरखा मिडिया नेटवर्क प्रा.लिको ग्लोबल आईएमई बैंक लिमिटेडेको खातामा जम्मा गरेको भेटिएको छ । नेपालभ्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x