१ श्रावण २०८३, शुक्रबार

बाईक दुर्घटना हो कि हत्या , नेपालगन्जमा बिरोध प्रदर्शन किन शुरु ?

एसीपी संवाददाता

१९ कार्तिक २०८१, सोमबार १५:४९ मा प्रकाशित

नेपालगन्ज ४ बसपार्क बाईपास रोड मानसरोवर दोहोरी साँझ नजिक दूईवटा बाइक एक आपसमा ठोकिन्दा एक जनाको मृत्यू भएको छ ।

मृत्यू हुनेमा नेपालगन्ज ६ डेरा गरि बस्ने बर्ष २६ का अमनकुमार कसौंधन (गुप्ता) रहेका छन् भने नेपालगन्ज ११ बस्ने बर्ष १८ का एहसान शेख गम्भिर घाइते भएका छन ।

घाइतेको उपचार नेपालगन्ज स्थित रहेको भेरी अञ्चल अस्पतालमा उपचार सम्भब नभएपछि थप उपचारका लागी लखनऊ लगिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शेख समान्य घाईते हुँदा पनि प्रहरीले उपचारको लागि भारतको लखनउ लग्ने अनुमती दिएको भन्दै अमन गुप्ताका आफ्न्त जन हरु बिरोध प्रदर्शनमा उतरेका छ्न । हिजो  नेपालगन्ज उपमहानगरपालिका ४ बाइपासबाट गणेशपुरतर्फ जाँदै गरेको भे ६ प ८०२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको ज ३ प ७१७१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x