१ श्रावण २०८३, शुक्रबार

डुडुवा गाउँपालिका अन्र्तगत राप्ती नदीमा शबदाह घाट निमार्ण

एसीपी संवाददाता

२० कार्तिक २०८१, मंगलवार १६:४७ मा प्रकाशित

डुडुवा (बाँके), २० कार्तिक । बाँकेको डुडुवा गाउँपालिका अन्र्तगत राप्ती नदीमा शबदाह घाट निमार्ण भईरहेको छ । डुडुवा गाउँपालिकाले वार्ड नंं–५ स्थित राप्ती नदीको पुल नजिकै शबदाह घाट निमार्ण हुन लागेको हो ।

जिल्लाका विभिन्न स्थानबाट शब जलाउन आउने मलामीहरुका लागि बस्ने हल, काठ दाउरा राख्ने स्टोर, खानेपानी धारा र शौचालय निमार्ण गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार राप्ती नदी सिधानिया घाट व्यवस्थापनका लागि पालिकाले भौतिक पुर्वाधार निमार्ण शुरु गरेको छ ।

आगामी दिनमा यस घाटलाई थप व्यवस्थित बनाउनका लागि जग्गाको व्यवस्थापन, विद्युतीय शब दाह गृह निमार्ण, क्रियापुत्री घर, स्नान घर, सर्बसाधारणलाई नहाउनका लागि घाटलगायतका संरचना निमार्ण गर्ने योजना रहेको अध्यक्ष चौधरीले बताउनुयो ।

गाउँपालिकाको रु ४२ लाखको सहयोगमा डुडुवा–५स्थित राप्ती घाट व्यवस्थापन उपभोक्ता समितिमार्फत निमार्णको कार्य भईरहेको पालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताउनुभयो । उहाँले नदीको छेउमा पानी भरेका कारणले शबदाह गृह निमार्ण गर्न ढिलाई भएकोले अब केहीदिनभित्र निमार्णको कार्य सम्पन्न हुने बताउनुभयो । उहाँका अनुसार नदीको छेउमा कंक्रिट वाल लगाई माटो पटान गरि पक्की शव जलाउनका लागि शबदाह निमार्ण गरिनेछ ।

शबदाह निमार्णका लागि स्थानीय उदयराज यादव, गंगाराम यादव, राजकिशोर यादव र तिलकराम यादवले १२ कठ्ठा ६ धुर जग्गा दान गरेको उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर बोहराले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x