१ श्रावण २०८३, शुक्रबार

बिआराआई ऋण हैन अनुदानमा लिनुपर्छ – अर्याल

एसीपी संवाददाता

२७ कार्तिक २०८१, मंगलवार १०:४५ मा प्रकाशित

नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्यमा अर्यालले बीआरआई ऋणमा नभएर अनुदानमा लिनुपर्नेमा जोड दिएकी छिन् । उनले भनिन्,‘सरकारले बीआरआई अनुदानमा लिने विषयमा चिनियाँ पक्षलाई अनुरोध गर्छ । त्यहीअनुसारको पहलकदमी लिन्छ । हामी आर्थिक रुपमा धेरै संकटमा छौं । त्यही भएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई पनि अनुदानमा परिणत गर्न भन्ने हो ।’

उनले सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राई अनुसन्धानको दायरामा आउने दाबी गरेकी छिन् । उनले भनिन्,‘यो छानबिनको क्रममा उहाँ (जिबी राई) आउनुहुन्छ, नआएर हुँदै हुँदैन नि ।’

नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले जिबी राईलाई नेपाल आएर अनुसन्धानलाई सघाउन आग्रह गरिन् । पत्रकार धमलाले ‘जिबी राई नेपाल आउन चाहनुहुन्छ अरे, तर सरकारले सुरक्षा दिन सक्दैन भनेर कुरा आएको छ नि ?’ भनेर राखेको प्रश्नमा नेतृ अर्यालले सरकारले सुरक्षा दिन नसक्ने भन्ने कुरै नहुने भन्दै खुरुक्क नेपाल आउन भनेकी छिन् ।

अर्यालले थपिन्,‘राज्यले एउटा मान्छेलाई सुरक्षा दिन नसक्ने कुरै हुँदैन्, उहाँहरु बाहिर बसेर फूर्ति लाउने होईन । खुरुक्क आउने, खुरुक्क आएर अनुसन्धानलाई सहयोग गर्ने, अनि जे जे ती पैसा उता उता गरिएको छ, ती पैसा संस्थमा जम्मा गरिदिने, जनतालाई पैसा उपलब्ध गराईदिने र आफ्नो जीवन सहज ढंगले बिताउने हो क्या, भाग्ने होईन ।’ उनले जिबी राईलाई जसरीपनि नेपाल ल्याईने उद्घोष गरिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x