१ श्रावण २०८३, शुक्रबार

एमालेको शक्ति कति बाँकी छ? मंसिर १६ गते थाहा हुन्छ

एसीपी संवाददाता

८ मंसिर २०८१, शनिबार १२:१५ मा प्रकाशित

काठमाडौं– सरकारका नेतृत्व गरिरहेको नेकपा एमालेले शनिबार राजधानीको दरबारमार्गमा उपत्यकाका तीन जिल्लाबाट मानिस भेला पारेर गरेको जागरण सभालाई शक्ति प्रदर्शनको ब्याख्या गरिएको थियो।

गत निर्वाचनमा समेत क्षयीकरणको ठूलो धक्काबाट जोगिएको एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीको निरन्तर आलोचना भइरहेको छ। यहाँसम्मकी पछिल्लो पटक रास्वपा सभापति रवि लामिछानेले पनि अदालत परिसरबाट पोखरामा भने,‘ओली सरकार नढालेसम्म शान्ति पाइन्न।’

सामाजिक सञ्जालका फोरमदेखि चिया पसलसम्म एमालेको आलोचनाका स्वर सुनिन्छन्। यसबीच एमालेले शक्ति प्रदर्शन गरेको थियो तर उल्लेख्य मानिस देखिएनन्।

एमालेको शक्ति कति बाँकी होला? वा त्यसको परिक्षणको आधार के होला?

एमालेको बाँकी रहेको शक्ति कति छ भन्ने परिक्षणको सानो नमूना मंसिर १६ गते पत्ता लाग्नेछ। सोही दिन स्थानीय तहको उपनिर्वाचन हुँदैछ।

४४ स्थानका जनप्रतिनिधि छनौटका लागि हुने निर्वाचनले समाजको तल्लो तहसम्म एमालेका प्रतिनिधि उम्मेदवार छन्। उसको शक्ति कति बाँकी छ भन्ने त्यसको परिणामले देखाउने बताइन्छ।

एमालेको मात्र होइन पुराना दल र नयाँ भनिने आलोचित पार्टीको पनि शक्ति सोही बेला पत्ता लाग्ने स्पष्ट हुनेछ। यसलाई प्रारम्भिक सर्वेक्षणका रुपमा पनि बुझ्न सकिने राजनीतिक शास्त्रका अध्ययनकर्ता बताउँछन्।सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x