१ श्रावण २०८३, शुक्रबार
सभापति देउवाको प्रश्न : चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने ?
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सरकारले ऋण लिन नहुने स्पष्ट पारेका छन्।
जनकपुर विमानस्थलमा बोल्दै उनले नेपालको ऋण लिने सामथ्र्य नरहेकाले अनुदान लिनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पारेका हुन्।
उनले चीन नेपालको मित्र राष्ट्र भएको भन्दै भ्रमण गर्नै नहुने भन्ने नभएको पनि उल्लेख गरे। सभापति देउवाले भने, ‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौँ । चीन हाम्रो मित्र राष्ट्र हो । किन नजाने त्यहाँ ।’ नागरिकन्युज बाट । तस्बिर – फाईल
Subscribe
Login
0 Comments



