१ श्रावण २०८३, शुक्रबार

परराष्ट्रमन्त्री आरजु राणाको चीन भ्रमण स्वीकृत

एसीपी संवाददाता

१० मंसिर २०८१, सोमबार २१:२४ मा प्रकाशित

सरकारले परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जान लागेकी हुन्।

सञ्चारमन्त्री गुरुङले भने, ‘मन्त्रीपरिषद्को बैठकले सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमणको सन्दर्भमा मान्य परराष्ट्रमन्त्री आरजु राणा देउवाको मंसिर १३ गतेदेखि १५ गतेसम्मको भ्रमणको प्रतिनिधि मण्डलको जुन जुन सदस्य हुनुहुन्छ, चीनको भ्रमणको स्वीकृति प्रदान भएको छ।’

उनले आफ्नो चीन भ्रमणबारे आजै बिहान पूर्वप्रधानमन्त्रीहरूसँगको छलफलमा पनि जानकारी गराएकी थिइन्। उनी १३ मंसिरमा चीनतर्फ प्रस्थान गर्नेछिन्। प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन्।नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x