२० जेष्ठ २०८३, बुधबार

बुटवल–गोरुसिङ्गे सडकखण्डको काम शुरु

एसीपी संवाददाता

१३ मंसिर २०८१, बिहीबार १३:४५ मा प्रकाशित

धेरैतिरबाट एकैपटक सबै सडक भत्काएर काम थाल्दा धुलो, हिलो र आवागमनमै असहजता उत्पन्न हुने गुनासो आएपछि निर्माण कम्पनीलाई बिचको पिच पहिल्यै नभत्काउने गरी काम गर्न निर्देशन गरिएको इन्जिनियर न्यौपानेको भनाइ छ । यो खण्डको हालै संघीय विभागीय मन्त्री देवेन्द्र दाहालले विभागका सचिव र प्राविधिकहरूलाई लिएर पैदलैसमेत अनुगमन गरेका थिए । मन्त्री र सचिवहरूलाई त्यसक्रममा बाटो पर्ने क्षेत्रका जनप्रतिनिधिले नयाँ ढाँचाबाट काम गर्न अनुरोध गरेका थिए ।बुटवल, सैनामैना, बाणगंगा र बुद्धभूमि लगायतका जनप्रतिनिधिहरूले संघीय मन्त्री, सचिवहरू, आयोजना कार्यालय प्रमुख, निर्माण कम्पनीका प्रतिनिधिहरूलाई समेत विभिन्न समयमा भेटेर अस्तव्यस्त हुनेगरी एकैपटक सडक नजोती नयाँ तरिकाले बनाउन अनुरोध गरेको वाणगंगाका नगर प्रमुख चक्रपाणी अर्यालले बताए ।

विगतमा ठूला सडक बनाउदा अस्तव्यस्तको अवस्थाबाट पाठ सिकेर संघीय मन्त्रालयले नै नयाँ मोडालिटीमा सडक बनाउन निर्देशन दिएको हो । त्यसै अनुरूप बुटवल गोरुसिंगे सडक खण्ड विस्तार गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग निर्माण भएको करिब ६२ वर्षपछि अहिले विस्तार हुन लागेको छ । विस्तार गर्दै यसलाई पश्चिम महेन्द्रनगरसम्मै विस्तार गर्ने लक्ष्य छ । अहिलेको चरणमा गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटरमा काम सुरु भएको छ भने लगत्तै चन्द्रोटासम्मको सडक बिस्तारको प्रक्रिया अगाडि बढाउने संघीय सरकारको तयारी छ ।

अहिले गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड १९ किलोमिटरका लागि डिजाइनको काम भइरहेको छ । त्यसयताका खण्डमा विभिन्न परियोजनाको सहकार्यमा नयाँ मोडालिटीमा अगाडि बढाउने गरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चित गर्ने र नयाँ उपायको खोजी भइरहेको जनाइएको छ । सडक विस्तारका लागि दुई खण्डमा गरी १३ अर्ब ५५ करोड ६५ लाख ९६ हजार ४ सय ४१ रूपैयाँको ठेक्का सम्झौता भई तीन वर्षभित्र योजना सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रूप र आशीष निर्माण सेवा नेपाल जेभीसँग सम्झौता भई काम सुरु भएको छ ।

चारनम्बर जीतपुर सहित ६ ठाउँमा भेहिकल अण्डरपास बनाइनेअहिले विस्तार भइरहेको सडक खण्डमा ६ ठाउँमा ‘भेहिकल अण्डरपास’ बनाइने भएको छ । बाक्लो बस्ती भएका सहरी क्षेत्रका चोकहरूमा सडकलाई ५० मिटरमा फराकिलो बनाइने र रणनीतिक सडकहरू जोडिने क्षेत्रमा अध्ययनपश्चात गाडी नै वारपार गर्न मिल्नेगरी ‘भेहिकल अण्डरपास’ निर्माण गरिने आयोजनाका कार्यालय प्रमुख इन्जिनियर न्यौपानेले बताइन् ।

कपिलवस्तुको ‘चार नम्बर जीतपुर चोक, बुद्धनगर चोक, सैनामैनाको मुर्गिया बजार, तामनगर चोक, नयाँगाउँ चोक र जितगढी–बेलबास चोकमा यस्ता ‘भेहिकल अण्डरपास’ बनाउने गरी काम सुरु भएको छ । त्यसका लागि माटो परीक्षणको काम भइरहेको र यस्तो पुल अहिले ललितपुरको ग्वार्कोमा बनिरहेको छ । यस्तै सडक खण्डमा करिब १९ वटा अण्डर र ओभर पासका पुल पैदल यात्रुका लागि बनाइने छ । अहिले निर्माण कम्पनीले पुल बनाउने तिनै चोकहरूमा माटो परीक्षण गरिरहेको छ । पिपरा गोरुसिंगे जंगल क्षेत्रमा वन्यजन्तुमैत्री पुल बनाइनेसडक खण्डमा वनक्षेत्र पनि पर्ने भएकाले वन्यजन्तुमैत्री बनाउने गरी डिजाइनका काम भइरहेका छन् । यो सडकअन्तर्गत सालझन्डी–पिपरा खण्डमा जंगल क्षेत्र छ । बनगाई–गोरुसिंगे सडक खण्डमा पनि जंगल क्षेत्र पर्छ । विस्तारपछि सडक फराकिलो हुने र सवारीसाधनको गति पनि बढी हुने हुँदा वन्यजन्तु आवतजावत गर्दा अवरोध नहोस् र उनीहरूलाई कुनै प्रकारको क्षति नहोस् भनेर अन्डरपाससहित सडक विस्तार गर्न लागिएको हो । जंगल क्षेत्रमा १९ वटा अन्डरपास बनाइने भएको छ । १९ मध्ये सालझन्डी–पिपरा खण्डमा चारवटा बनाइने छ । कोइली घेरुवा–बनगाई–गोरुसिङ्गे जंगलमा १० वटा अन्डरपास बनाइनेछ । जंगल रहेको क्षेत्रमा सडकलाई २४ मिटरको बनाउने र ठाउँ ठाउँमा वन्यजन्तु वारपार गर्न अग्ला पुल बनाइनेछ । वन क्षेत्रका अतिरिक्त बस्ती भएका ठाउँमा भने सडक त्यसको दोब्बर फराकिलो हुनेछ । वि.सं.२०१८ सालमा निर्माण भएको महेन्द्र राजमार्ग (पूर्व–पश्चिम राजमार्गं) लाई अहिले विभिन्न खण्डमा विभाजन गरेर विस्तार गर्ने काम सुरु भएको छ । साँघुरा, कमजोर र अतिक्रमित अवस्थाका सडकलाई चार लेनमा बिस्तार गर्ने काम जारी छ । सिद्दार्थअनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x