१ श्रावण २०८३, शुक्रबार

बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रस्तुत हुन प्रधानमन्त्री ओलिको आग्रह

एसीपी संवाददाता

१५ मंसिर २०८१, शनिबार १०:५३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रस्तुत हुन आग्रह गर्नुभएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दिक्षान्त तथा २० औं वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले बुद्धका उपदेश, शान्ती, करुणा र मित्रतालाई आफ्नो जीवनमा अनुशरण विश्वमाझ फैल्याउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले अहिले समाजमा जालझेल र प्रपञ्च गर्ने कामहरु भइरहेको उल्लेख गर्दै सबैले सत्य र निष्ठाको बाटोमा लाग्नुपर्ने बताउनुभयो । मानव जातीको कल्याण विश्व शान्ती र समानताबाट मात्रै हुने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्को रुप नै आफूहरूले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा भएकाले यसलाई पूरा गर्न सबैमा आग्रह गर्नुभयो । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x