१ श्रावण २०८३, शुक्रबार

चीन भ्रमणबाट परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किदै

एसीपी संवाददाता

१५ मंसिर २०८१, शनिबार ११:५२ मा प्रकाशित

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कदै छिन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री  राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुगेकी उनले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्।

सो अवसरमा उनीहरुबीच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो।

प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जादैछन्।  परराष्ट्रमन्त्री डा राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछिन्। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x