१ श्रावण २०८३, शुक्रबार

कीर्तिपुर–४ मा अध्यक्षमा कांग्रेसका बानियाँ विजयी

एसीपी संवाददाता

१७ मंसिर २०८१, सोमबार १२:२२ मा प्रकाशित

काठमाडौं । कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १ हजार १५५ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत प्राप्त गरिन् । तेस्रो स्थानमा रहेको नेकपा एमालेका बद्री बुढाथोकीले ४६० मत प्राप्त गरे ।

माओवादी केन्द्रका उम्मेदवार नारायण विष्टले ३८१ मत प्राप्त गरेका छन् ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x