१ श्रावण २०८३, शुक्रबार

रास्वपा का अध्यक्ष लामिछाने बिरुद्ध अर्को मुद्दा 

एसीपी संवाददाता

१९ मंसिर २०८१, बुधबार १८:०१ मा प्रकाशित

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्साबाट पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी संस्थाको बचत रकम हिनामिनामा मुछिएर गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

लामिछानेमाथि बीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ ।

पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले बताएका छन् । बुधबार लामिछानेसंगै १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको उनले बताए । खबरहब/ फाईल तस्बिर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x