१ श्रावण २०८३, शुक्रबार

रास्वपाका सभापति माथी अनुसन्धान गर्न बिरगंज लगियो

एसीपी संवाददाता

२५ मंसिर २०८१, मंगलवार ११:५४ मा प्रकाशित

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी का अध्यक्ष तथा पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाइ  आज प्रहरीले बिरगञ्ज लगेको छ ।  राष्ट्यि स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि पोखरावाट काठमाडौं हुदैँ बिरगञ्ज लगिएको हो प्रहरी श्रोतले जनाएको हो ।

पोखरावाट काठमाडौँ र काठमाडौंवाट प्लेनमा सिमरा हुँदै बिरगञ्ज लगिएको छ  ।  सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ लगिएको जनाएको छ ।
सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाइ गत गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।

जिबी राइ नेतृत्वको सहकारीहरूवाट ग्यालेक्सी टेलिभजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरी पछि उनलाइ कास्की प्रहरीले पक्राउ गरेको हो । त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौं, चितवनमा बयान दिइसकेका छन् । अब उनलाइ पर्सामा बयान लिइनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x