१ श्रावण २०८३, शुक्रबार

रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित

एसीपी संवाददाता

२७ मंसिर २०८१, बिहीबार १३:२८ मा प्रकाशित

सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।

लामिछानेलाई प्रहरीले कास्की जिल्ला अदालत उपस्थित गराएको हो । लामिछाने सहकारी ठगी प्रकरणमा गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए । त्यसयता उनी प्रहरी हिरासतमा छन् ।

लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराधलगायतका कसुरमा अनुसन्धान गरिरहेको छ । प्रहरीले उनलाई बुटवल, काठमाडौं, चितवन र पर्सा लगेर बयान लिइसकेको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x