१ श्रावण २०८३, शुक्रबार

न्यायाधीशसँग रविको अनुरोध– मलाई छाडिदिनु भयो भने गर्व लाग्ने काम गर्छु

एसीपी संवाददाता

२८ मंसिर २०८१, शुक्रबार ०८:११ मा प्रकाशित

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई न्यायालयको मात्रै विश्वास भएको बताएका छन् । बिहीबार कास्की जिल्ला अदालतमा म्याद थपको बहसका क्रममा उनले सहकारी संस्थाको बचत हिनामिनाको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले आफूविरुद्ध राजनीतिक प्रतिशोध साधेको बताए । थापाले राजनीतिक प्रतिशोध साधेको जिकिर गर्दै भनेका छन्, ‘अब न्यायालयको मात्रै विश्वास छ ।’

उनले आफूलाई छोडिदिन न्यायाधीश पौडेलसँग अनुरोध गरे । ‘तपाईंले मलाई छोडिदिनुभयो भने मैले राम्रो काम गरेर देखाउँछु र तपाईंले भविष्यमा मलाई हेरेर गर्व गर्न पाउनुहुनेछ,’ रविले अदालतमा भनेको भनाइ उद्धृत गर्दै अधिवक्ता युवराज पराजुलीले अनलाइनखबरसँग भने । एमाले सांसद समेत रहेका थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनलाई लामिछानेले ‘सुनियोजित कथा’ को रुपमा अर्थ लगाए । थापाले सुनियोजित रुपमा लेखिएको कथाको छायांकन अहिले भइरहेको पनि दाबी लामिछानेको छ ।

‘सूर्य थापा सुनियोजित कथाका रचनाकार हुन्, एकदमै सुनियोजित हिसाबले लेखिएको कथा हो । अहिले त्यही छायाकंन हुँदैहुँदै मध्यान्तरसम्म आइपुगेको छ,’ इजलासमा रविले भनेका छन्, ‘उहाँले जहा–जहाँ जानुपर्छ, अनुसन्धान हुनुपर्छ भन्नुभएको थियो, त्यहाँ त्यहाँ लगिएको छ । त्यसैले पनि यो सुनियोजित हो ।’रविविरुद्धको मुद्दा अदालतमा बुझाउन ९ दिन बाँकी हुँदा पाँच दिन म्याद थप गरिएको छ । रविको संलग्नता देखिएको भन्दै पक्राउ पुर्जी जारी भएका पाँचै जिल्लामा बयान सकाएर बिहीबार अदालत उपस्थित गराएको हो ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x