१ श्रावण २०८३, शुक्रबार

साङ्गठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी

एसीपी संवाददाता

२८ मंसिर २०८१, शुक्रबार १०:५२ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ ।

आज अपराह्न केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले कार्यविभाजन भएका नेताको नामावली प्रस्तुत गर्ने तयारी छ ।

पार्टीका सचिव सोमप्रसाद पाण्डेयका अनुसार विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसङ्गठन इञ्चार्जलगायत पदमा दिइने जिम्मेवारीलाई बैठकले अनुमोदन गर्ने छ ।

बुधबार सुरु भएको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x