१ श्रावण २०८३, शुक्रबार

जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’लाई निरंतरता

एसीपी संवाददाता

३० मंसिर २०८१, आईतवार ०८:५९ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज सम्पन्न कार्यकारिणी समिति बैठकले सङ्गठन विस्तार अभियान प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई माघ मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो। बैठक शुक्रबार सुरु भएको थियो।

बैठकले स्थानीय तह उपनिर्वाचनमा मधेश प्रदेशसहित जसपा नेपालले देशैभरिबाट प्राप्त गरेको मत परिणाम सन्तोषजनक रहे पनि पर्याप्त नरहेकाले सङ्गठन निर्माण एवं विस्तार अभियानलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन्।

यस्तै, बैठकले पूर्वपश्चिम राजमार्ग केन्द्रीत सङ्गठनात्मक गतिविधि सञ्चालन र सङ्गठन निर्माणका लागि विशेष साङ्गठनिय कार्ययोजना तयार गर्ने निर्णयसमेत गरेको छ।

उनका अनुसार महाधिवेशनपछि थप भएका क्रियाशील सदस्यता विवरण केन्द्रीय कार्यालयले आगामी फाल्गुन १५ गतेभित्र आद्यावधि गर्ने, पार्टीको स्थानीय तह र प्रदेश अधिवेशन चैत्र महिनाभित्र सम्पन्न गर्ने र आगामी वैशाख २५ गतेभित्र सम्पूर्ण प्रदेश तथा राष्ट्रिय समितिहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्न नसक्ने भ्रातृ सङ्गठन स्वतः विघटन हुनेसमेत निर्णय गरिएको जसपाले जनाएको छ। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x