२ श्रावण २०८३, शनिबार

राज्यको नश्लवाद र रंगभेद ? माननिय सिके राउत

एसीपी संवाददाता

७ पुष २०८१, आईतवार १४:५७ मा प्रकाशित

माननीय सासद सिके राउत / कुटाइ खाए पछि, धोती मर्सिया शिसीबोतल गाली पाए पछि मात्रै याद आउँछ राज्यको नश्लवाद र रंगभेद? 

नेपालका शासक र राज्य कति नश्लीय छ, कति रंगभेदी छ भनेर हामीले विगत दशकमा बुझाउँदै आएका छौं र त्यसको विरूद्ध संघर्ष पनि गर्दै आएका छौं। मंसीर १० गते राष्ट्रव्यापी रूपमा मनाउने गरिएको ‘रंगभेदविरूद्धको एकता दिवस’ होस् कि संसद्मा रंगभेदी विभेद गर्ने विरूद्ध कानून ल्याउन दर्ता गरिएको संकल्प प्रस्ताव होस्, जनमत पार्टीले हरेक मोर्चामा संघर्ष गर्दै आएको छ। जहाँ संसद्, सरकार, अदालत, सेना, प्रहरी, कर्मचारी र शासकवर्ग सबै नश्लीय छ, त्यहाँ संघर्ष एउटा पार्टीले गर्दैमा पुग्दैन।

अधिकार र आत्मसम्मान कसैले दिएर पाइने होइन, आफैंले संघर्ष गरेर विजय हासिल गरेरै लिने हो जसरी जनकपुर बोल्ट्सले विजय हासिल गर्दै एनपिएल जितेको छ। त्यसको लागि राजनैतिक चेतना चाहिन्छ, राजनैतिक अग्रसरता चाहिन्छ, एकता चाहिन्छ, आन्दोलन चाहिन्छ।

तर अचेलका युवा पिढीमा जानेरै शासकले के भरिदिएको छ ‘तिम्रो नेता खराब/राजनीति खराब/आफू कमाएर खाने अरूलाई किन मान्ने ?’ आदि। र युवाहरू पनि टिकटिक र रिल बनाउँदै, खेलमा भूल्दै, र अन्तिममा फ्री भिजा खोज्दै विदेश जान्छन्। जूवेनलले रोमन साम्राज्यको बारेमा करीब २००० वर्ष अगाडि नै भनेका थिए – Give them bread and circuses, and they will never revolt (जनतालाई खाना र मनोरञ्जनमा लठ्ठ पारिदेऊ, कहिल्यै राज्यको विद्रोह गर्ने छैनन्।) अहिले पनि हामीसँग त्यही भइरहेको छ: राज्यले खाना र रोजगारीकै लागि धौ-धौ बनाइदिएको छ र विदेशिन बाध्य बनाइदिएको छ, र बचेका युवाहरू टिकटक र खेलको मनोरञ्जनमा लठ्ठ। राजनीति र अधिकारप्रति वितृष्णा।

त्यही भएर त अक्षरा सिंहको कार्यक्रम राख्यो भने लाखौं युवा ओर्लिन्छन्, क्रिकेटको खेल हेर्न पैसा तिरेर लाखौं आउँछन्, तर राजनैतिक अधिकारको लागि यही काठमाडौंमा नै कार्यक्रम राख्यो भने २०-३० जना आउने गर्छन्। अनि भन्छन् रंगभेद भयो, सम्मान भएन, अधिकार पाइएन।

अधिकार र आत्मसम्मान पाउनु छ भने लड्नु पर्छ, संघर्ष गर्नु पर्छ, शासकसँग खोसेर विजय हासिल गर्नु पर्छ। नभएर हजुरबाले पनि त्यही गाली र कुटाइ खाए, र हाम्रा नाती-नातिनीहरूले पनि त्यही मधिसे, धोती, शिसीबोतल भनेर काठमाडौंमा गाली र कुटाइ खाइराख्छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x