ओम आचार्य
अन्तर जातिय विवहा भएका परिवारमा तुलनात्मक रुपमा तिनिहरुको सन्तान तेज़ उर्जावान ,मेधावी ,तिक्ष्ण वुध्दी ,भएका देखिएको छ ।
यो अन्तर जातिय विवहा दुइ अलग जात , दुइ अलग संस्कार, दुइ अलग रितिरिवाज , दुइ अलग पारिवारिक सामाजिक पृष्ठभुमी भएकाहरु लाइ नै सायद भनिन्छ ।
तर यस्तो विवहा कति त समाजवाट वहिस्कृत , समाजवाट तिरस्कृत , परिवारवाट अपेहलित सम्म भएको देखिएको छ , र यस्तो हुनु मा प्रथम त परिवार नै दोषी हुन्छ ,एक अर्का परिवारले यस्तो अन्तरजातिय विवहा स्वीकारे , आत्मासाथ गरे कालान्तर मा गाँउ , समाज सवैले स्विकार्छन,।
अहिले को काग्रेस र एमाले पनि दुइ अलग केमेस्ट्रिको मिलन हो , दुइ अलग जात, दुइ अलग विचार , दुइ अलग संस्कार , दुइ अलग राजनैतिक सामाजिक पृष्ठभुमी , दुइ अलग सिध्दान्त भएकाहरुको मिलन हो , यस वाट उत्पन्न हुने सत्ता ले निस्चयनै मुलुकमा पहिचान वनाउने , इतिहास वनाउने , र विगतमा भइरहेको सत्ता समिकरण को भन्दा तुलनात्मक रुपमा केही पृथक , केही फरक , केही अलग रुपमा प्रस्तुत हुने देखिन्छ।
तर
सोचनिय कुरा छ , यो दुइ फरक केमेष्ट्री को मिलन यि दुइ परिवारले स्विकारेनन भने , यि दुइ परिवारले आत्मासात गरेनन भने यी दुइ परिवारले एक अर्कामा अपहेलित , यि दुइ परिवारले एक अर्का आडम्वर , एक अर्कामा ” हामी ठुला ” जस्ता भावना वोक्यो भने , यहाँ नेर वुज्नुस परिवार भनेको परिवारको मुलि मात्रै हैन , परिवार भनेको मुखिया मात्रै हैन , परिवार भनेको त्यो परिवारका सवै सदस्य हुन , जस्ले योटै भाडाका भात खान्छ्न , जस्मा दुख , सुख को समान पिडा , मान सम्मान को समान अनुभुती गर्छन त्यो हो परिवार ।
र यी परिवारवाट यि दुइ केमेष्ट्री को विधिवत मिलन , समिकरण , विलय ,
जे भन्नुस यदी परिवार ले ( परिवार भनेको मुखिया मात्रै हैन ) स्विकारेनन भने , आत्मासात गरेनन भने अन्तर जातिय विवहा जस्तै यदी वहिस्कृत भयो भने , समाजवाट तिरस्कृत भयो भने यि दुइ केमेष्ट्री को भविष्य सायद सुखद , स्वर्गीय आनन्द
नहुन सक्छ ! र यस्तो नहोस यही चाहान्छु।
जय नेपाल