१ श्रावण २०८३, शुक्रबार

उद्योग वाणिज्य संघ निर्वाचनमा आधा दर्जन उम्मेदवारी फिर्ता

एसीपी संवाददाता

९ पुष २०८१, मंगलवार २२:०५ मा प्रकाशित

कपिलवस्तु , पुस ९
जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघ कार्यसमिति निर्वाचनमा उम्मेदवारी फिर्ता गरेपछि प्रतिस्पर्धा झन बढ्ने भएकाे छ ।
उद्योग वाणिज्य संघ कृष्णनगरकाे निर्वाचनमा पुस ६ गते दर्ता गराएका उम्मेदवारी आधा दर्जन उम्मेदवारले फिर्ता लिएका छन ।
अन्तिम दिनमा अध्यक्ष पदमा अत्यधिक उम्मेदवारी दर्ता भएकाे थियाे । कुल ८ जना अध्यक्ष, ३ जना वरिष्ठ उपाध्यक्ष , ४ जना उपाध्यक्ष , ३ जना महासचिव , ५ जना सचिव , २ जना काेषाध्यक्ष , एक जना महिला सदस्यमा एउटामात्र उम्मेदवारी दर्ता भएपनि थप १२ सदस्यका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका थिए तर आज सबै पदमा आधा दर्जनले उम्मेदवारी फिर्ता लिएकाे प्रमुख निर्वाचन अधिकृत अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी गराउनुभएकाे छ ।

निर्वाचन प्रक्रिया अघि बढेपछि पुस १९ गते हुने संघकाे निर्वाचनमा प्रत्येक पदमा कडा प्रतिस्पर्धा बढ्न थालेकाे हाे । अन्तिम दिन व्यापक उम्मेदवारी दिएपनि अहिले फिर्ता लिएपछि पनि दिग्गज उम्मेदवार र तिनका पछाडि राजनीति दलकाे समेत चासाे बढेकाले प्रतिस्पर्धा बढ्ने देखिएकाे छ ।

अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका पुर्व अध्यक्ष विजय कनाेडिया, शाकिर अहमद शाह र अजित सिंहले आफ्ना उम्मेदवारी फिर्ता लिएपनि निर्वर्तमान अध्यक्ष रामकुमार गुप्ता , गुरुशरण सिंह , शंकर प्रसाद शर्मा , श्रवण सुरेका , रितेश शर्मा बीच प्रतिस्पर्धा बढ्ने भएकाे छ । वरिष्ठ उपाध्यक्षमा बिकास जयसवालले उम्मेदवारी फिर्ता लिएपछि नसरुल्लह खां र दिनेश चन्द्र गुप्ता कडा संघर्ष देखिएकाे छ ।
त्यस्तै उपाध्यक्षमा रबि शाह , रविन्द्र गुप्ता, अस्लम खां बीच प्रतिस्पर्धा हुने देखिन्छ जबकी रामगाेपाल गाेयलले उम्मेदवारी फिर्ता लिई सकेका छन । त्यस्तै महासचिवमा रामसेवक अहिर र संघ कै सदस्य पदमा दुई कार्यकाल विताएका हरिओम तुल्स्यान प्रतिस्पर्धामा छन साथै सचिव पदमा अरबिन्द अग्रवालले उम्मेदवारी फिर्ता लिएपछि विजय जयसवाल, शहबाज खाँ, ऋषभ अग्रवाल, चन्द्रशेखर बर्माबीच भिडन्त हुने व्यापारी बताउँछन् । काेषाध्यक्षमा प्रतीक अग्रवाल मनाेज जयसवालकाे उम्मेदवारी फिर्तापछि निर्विरोध भएका हुन । कार्यसमितिमा एक जना महिला सदस्य अनिवार्य रहेकाे खण्डमा जम्मा एक जना महिला उम्मेदवार उर्मिला कुमारी चाैधरीले मात्र दर्ता भएपछि उनी पनि निर्विरोध सम्भावना भएकी छिन ।
अन्तिम नामावली प्रकाशनपछि पुस ८ र ९ गते उम्मेदवारी फिर्ता लिनसक्ने मिति ताेकिएकाे थियाे साे अनुसार आज व्यापक सहमति गर्दै आधा दर्जन उम्मेदवारले फिर्ता लिएका हुन । उम्मेदवारकाे अन्तिम नामावलीसमेत प्रकाशन भईसकेकाले कृष्णनगरकाे चाैक चाैकमा उम्मेदवार आफ्ना भाेटरलाई आकर्षित गर्न व्यस्त भएका छन । पुस १० मतपत्र नमुना प्रकाशन हुने निर्वाचन समिति सदस्य नन्दकिशाेर शर्माले बताउनुभएकाे छ ।
अहिले कृष्णनगर बजारमा चुनावी महाेल तातिरहेका बेला ज्याकेट , बल्यांकेट लगायत जाडाेकाे बजार पनि बढेकाे छ। दैनिक हजारौं भारतीय ग्रहक जाडाे बढेसंगै कृष्णनगर बजारमा किनमेलका लागि पुग्ने गरेकाे व्यापारी अरविन्द अग्रवालले बताउनुभयाे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x