१ श्रावण २०८३, शुक्रबार

नेपाल र भारतको सम्बन्ध रोटी बेटि सम्म मात्र नभएर जन्म मृत्यु सङ जोडिएको छ – पुर्ब मन्त्री खान

एसीपी संवाददाता

१० पुष २०८१, बुधबार २०:५९ मा प्रकाशित

काठमाडौं –  नेपाल र भारतबीचको सम्बन्ध नङ र मासु रहेको छ  : नेपाल सरकारका पूर्वमन्त्री अब्दुल खान बताउनु भएको छ ।
इन्टरनेशनल हार्मनी फोरमद्वारा आयोजित ‘विश्व शान्ति सद्भाव सम्मेलन तथा १९२ राष्ट्रका नागरिक अभिनन्दन समारोह, भारतरत्न तथा भारतका पूर्व प्रधानमन्त्री स्व. अटल बिहारी वाजपेयीको जन्मशताब्दीका अवसरमा अटल सम्राट रत्न पुरस्कार समारोह’ कार्यक्रममा नेपालका माननीय प्रथम उपराष्ट्रपति डा. परमानन्द झा को प्रमुख आतिथ्य र पूर्व केन्द्रीय माननीय मन्त्री अब्दुल खान को विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ  ।  उक्त कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्री तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खान जीले सम्बोधन गर्दै नेपाल र भारतबीचको सम्बन्ध रोटी र बेटीको मात्र नभएर जीवन मृत्युको भएको बताउनु भयो ।  माता जानकी नेपालमा भएको हो ।   सिद्धार्थ नेपालमा जन्मिए पनि भगवान गौतम बुद्ध भारतमा बौद्धता प्राप्त गरेको बताउनु भयो ।  यसरी परापूर्वकालदेखि आजसम्म कायम रहेको यो सम्बन्ध तोड्न सम्भव छैन तर असम्भव रहेको बताउँदै उनले पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, लुम्बिनीको धार्मिक परिक्रमा सामुहिक कोरीडोर हुनुपर्ने बताउनु भयो । विश्वले नेपाल र भारतको सांस्कृतिक र सामाजिक विषयको ज्ञान प्राप्त गर्न सक्छ।  भारतलगायत विश्वभरबाट आउने भक्तजनको नेपालमा सम्मान होस् भनेर नेपाल सरकारले यो व्यवस्था लागू गर्नुपर्छ ।  यसमा भारत सरकारले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्दै आग्रह गर्नु भयो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x