१ श्रावण २०८३, शुक्रबार

बाँकेमा बालिका अधिकार उल्लंघनका ३९ र महिला अधिकार उल्लंघनका १०९ घटना

एसीपी संवाददाता

१२ पुष २०८१, शुक्रबार ०८:०७ मा प्रकाशित

नेपालगञ्ज । बाँकेमा बालिका अधिकार उल्लंघनका ३९ र महिला अधिकार उल्लंघनका १०९ घटना सार्वजनिक भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज नेपालगञ्जमा आयोजना गरेको ‘नेपाल मानव अधिकार बर्ष पुस्तक सन् २०२५ का लागि संकलित घटनाहरुको बार्षिक पूर्व समिक्षा कार्यक्रम’ मा सन् २०२४ जनवरीदेखि डिसेम्बरसम्म जिल्लामा घटेका मानव अधिकार उल्लंघनका घटनाहरुबारे जानकारी गराइएको हो ।

इन्सेक नेपालगञ्ज प्रमुख भोला महतका अनुसार ३९ बालिका अधिकार उल्लंघनका घटनामध्ये बलात्कार ३२, बेचविखन ४ र यौन हिंसाका ३ वटा घटना संकलन भएका छन् । यस्तै १०९ महिला अधिकार उल्लंघनका घटनामध्ये घरेलु हिंसा ५१, बलात्कार २०, बलात्कार प्रयास १, बेचविखन ६, बेचविखन प्रयास ३, बहुविवाह २७ र बोक्सी आरोपको १ घटना इन्सेकले दस्तावेजीकरण गरेको छ ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, बरिष्ठ अधिबक्ता सुशिल श्रेष्ठ, अधिवक्ता विश्वजित तिवारी लगायतले मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरणका लागि सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x