१ श्रावण २०८३, शुक्रबार

बिबाद भए पछि अखिल क्रान्तिकारीको मतगणना स्थगित

एसीपी संवाददाता

१४ पुष २०८१, आईतवार १२:५६ मा प्रकाशित

काठमाडौं । बिबाद भए पछि अखिल क्रान्तिकारीको मतगणना स्थगित भएको छ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मतगणनामा विवाद भए पछि अनिश्चितकालका लागि स्थगित भएको हो ।

गत असोज १० गते देखी सुरू भएको राष्टिय सम्मेलन उमेर हद सबन्धी बिबाद बढे पछि स्थगित भएको थियो । सो बिबाद मिलाउनका लागि हिजो निर्वाचन गरिएको थियो तर त्यो पनि बिबादमा परे पछि अन्तिम समयमा अनिश्चतकालका लागि मतगणना स्थगित गरिएको हो ।

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लगाउने या नलगाउने भन्ने निर्णय गर्न शनिबार मतदान भएको थियो । मुख्यतयाः  बैतडी, दाङ र गुल्मीमा विवाद भएको छ ।

निर्वाचन समितिले भने निर्वाचनका कागजात प्राप्त हुन बाँकी रहेकाले मतगणना स्थगित गरिएको जनाएको छ । ‘गैह्र भूगोलका जिल्लाहरूका मतदान केन्द्रहरूबाट निर्वाचनसम्बन्धी कागजपत्रहरू प्राप्त हुन बाँकी भएकोले उक्त कागजातहरू प्राप्त भएपश्चात् मात्र गणनाले पूर्णता प्राप्त गर्ने हुँदा तत्पश्चात मत गणना परिणाम सार्वजनिक गरिने’ भन्दै सुचना जारी गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x