१ श्रावण २०८३, शुक्रबार

नेपालगन्ज मेडिकल कलेजको नाम फेरिएसँगै सामाजिक सञ्जालमा तरंग, कर्मचारीहरु रणनीति बनाउँदै

एसीपी संवाददाता

१६ पुष २०८१, मंगलवार १०:१४ मा प्रकाशित

नेपालगन्जः लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तर्गत विगत तीन दशक देखि बाँकेको नेपालगन्ज, कोहलपुर र चिसापानीमा नेपालगन्ज मेडिकल कलेज सञ्चालनमा रहेको थियो । कलेजले नेपालगन्ज र कोहलपुरमा शिक्षण अस्पताल समेत सञ्चालनमा ल्याएको थियो । कलेजमा नयाँ ब्यवस्थापन फेरिएको करिव ८ महिनापछि कलेजको नाम परिवर्तन गरेर संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.कायम गरेको छ । र, त्यसका लागि करिव ९ सय जनशक्ति माग गरेको छ ।

मुख्य गेटमा लगाइएको नेपालगन्ज मेडिकल कलेजको साईन बोर्ड हटाएर संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको वोर्ड झुण्ड्याइएको छ । साविक मेडिकल कलेजका कर्मचारीहरु तलब बृद्धि लगायत विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला अस्पतालको वोर्ड नै हटाएर संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि कायम गरिएपछि संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको वोर्ड झुण्ड्याइएपछि कर्मचारीहरु आक्रोशित बनेका छन् ।

आन्दोलन परिचालन समितिका संयोजक रत्ना गिरीले व्यवस्थापनको यो निर्णयलाई कर्मचारीलाई त्रसित बनाउने र आन्दोलन असफल बनाउने खेल भएको भन्दै आक्रोश पोखिन् । उनले कर्मचारीहरुलाई व्यवस्थापन गर्नुको साटो थप उत्तेजित बनाउने काम गरेको भन्दै आक्रोश पोख्नि । कर्मचारी र कलेज ब्यवस्थापन बीचको विवाद अहिले अदालतसम्म पुगेको छ ।

मेडिकल व्यवसायी खुमा अर्याल करिव एक वर्ष अघि नेपालगन्ज मेडिकल कलेजको सञ्चालनको जिम्मेवारीमा छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि बुटवलामा रहेको थियो। गत साउनमा उक्त कलेज नेपालगन्ज हस्पटिल एन्ड रिसर्च ट्रेनिङ सेन्टर प्रालीसँग मर्ज भएको थियो।

मर्ज भएपछि कलेजको नाम सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि भएको र बुटवलबाट नेपालगन्जमा स्थानान्तरण भएको थियो। सबै कर्मचारीलाई नेपालगन्ज मेडिकल कलेज ६ महिना अघि नै संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि हुन लागेको थाहा थियो । तर कागजी प्रक्रिया टंगीएको नटुंगीएको बारे थाहा थिएन् ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तर्गत नेपालगन्ज मेडिकल कलेजमा काम गर्ने भनि नियुक्ती बुझेका कर्मचारीहरु अव संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिमा आन्दोलन गर्ने की कोहलपुर र चिसापानी जाने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन् । संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिमा आन्दोलन गर्नु गैरकानुनी हुने एकथरी कर्मचारीको भनाइ छ ।

ती कर्मचारीले स्वास्थ्य पेजलाई भने-‘हाम्रो नियुक्ती लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तर्गत हो । ‘यो त ६ महिना अघि नै संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि भइसकेको रहिछ । आन्दोलन त गरियो सर । अहिले निल्नु न ओकाल्नु पो भयो सर ।’ नेपालगन्ज मेडिकल कलेज कोहलपुरलाई कायम गरिने अस्पताल व्यवस्थापन पक्षको भनाइ छ ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तर्गत अव कोहलपुर र चिसापानीमा मात्रै अस्पताल र कलेज संचालनमा रहनेछन् । नेपालगन्ज मेडिकल कलेजको नाम फेरिएसँगै सामाजिक संजालमा पनि विरोध भइरहेको छ । नेपालगन्जको पहिचानसँग जोडिएको भन्दै नेपालगन्ज मेडिकल कलेजको नाम मेटाइनु राम्रो नभएको उनीहरुको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x