१ श्रावण २०८३, शुक्रबार

गणतन्त्र गुम्ने खतरा – पुर्बउपप्रधानमन्त्री यादव

एसीपी संवाददाता

१९ पुष २०८१, शुक्रबार १३:५५ मा प्रकाशित

नेपालगन्जमा अवधी पत्रकार संघले विहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संविधान निर्माण भएको र संघीयता लागु गरिएको लामो समय बिते पनि संस्थागत गर्न नसकिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गणतन्त्र र संघीयताको रुपमा प्राप्त भएका उपलब्धीलाई संथागत गर्न सकिएन भने २००७ सालमा भएको परिवर्तन २०१७ सालमा गुमेजस्तै नहोला भन्न सकिंंदैन । त्यसैले उपलब्धिलाई संस्थागत गर्न बिशेष ध्यान दिनु आवश्यक छ ।’

पटक–पटक परिवर्तन हुने सरकार र नयाँ बन्ने गठबन्धनका कारण देशको सामाजिक आर्थिक परिवर्तन हुन नसकेको दावी गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले यस्ता गतिविधिबाट जनतामा निराशा बढ्दै गएको बताउनुभयो ।

उहाँले संसारमै नभएको उदाहरण प्रस्तुत गर्दै दुई ठुला दलले मिलेर नेपालमा सरकार बनाएको जनाउँदै देशलाई दुई दलीय प्रणालीतर्फ लैजान खोजिएको आरोप समेत लगाउनुभयो ।

अध्यक्ष यादवले संविधान संशोधनका नाममा समावेशी र समानुपातिकलाई समाप्त गर्न खोजिए जनताले अस्विकार गर्ने र फेरि आन्दोलन गर्ने चेतावनी दिनुभयो । पत्रकारद्वारा सोधिएको एक जिज्ञासामा उहाँले भन्नुभयो, ‘सत्तास्वार्थका लागि सरकारमा रहेकाले बिभिन्न प्रलोभन देखाएर दलहरुलाई विभाजन गर्ने कार्य निरन्तर जारी रहेको छ । यस्ता कार्यले सिस्टममाथि नै प्रहार गरिरहेको छ ।’

संघीयतालाई सफल पार्न तत्काल विभिन्न कानुन तथा एनेहरु बनाइ प्रदेशलाई अधिकार दिएर कर्मचारी समायोजन तथा आर्थिक खर्चजस्ता काम गर्न दिने हो भने संघीयताको परिणाम छिट्टै देखिने अध्यक्ष यादवको भनाइ छ ।

अवधी पत्रकार संघका अध्यक्ष राकेश मिश्राको सभापत्विमा भएको पत्रकार भेटघाट कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सचिव कमरुद्दीन राई, केन्द्रीय सदस्य बेबी तबस्सुम, लुम्बिनी प्रदेश उपाध्यक्ष बाबु खाँ पठान, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईलगायतको उपस्थिति रहेको थियो ।

जनता समाजवादी पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, संगठन बिस्तार आधारभूत अभियान’ अन्तर्गत लुम्बिनि प्रदेशको भ्रमणमा रहनु भएका यादव कार्यकर्ता अभिमूखिकरण कार्यक्रमका लागि बुधवार बाँके आउनु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x