१ श्रावण २०८३, शुक्रबार
टोल टोलमा नेपाली काङ्ग्रेस अभियान
नेपाली कांग्रेसको सांगठनिक गतिबिधि अन्तरगत “टोल टोलमा कांग्रेस अभियान” कै क्रममा कोहलपुर वडा नं ११ मा तेस्रो वडा सम्मेलन तथा निशुल्क स्वास्थ्य शिविर र सम्मान कार्यक्रम वडा सभापति प्रताप देवकोटाको सभापतित्वमा सम्पन्न भयो। कोहलपुर वडा नं २ को शक्तिनगर टोलमा टोल सभापति बिजय बोहराको सभापतित्वमा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरियो। स्थानिय वासिन्दाहरूको पार्टी नेतृत्व र जनप्रतिनिधिहरूसंग भएको छलफल तथा अन्तरकृया कार्यक्रममा उठेका सवालहरूका बारेमा कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्य र २ नं का वडा अध्यक्ष हरी सिंह कठायतले र पार्टीको अभियानका बारेमा लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषाल र क्षेत्रीय सभापति पोषण केसीले जवाफ दिनुभएको थियो।

Subscribe
Login
0 Comments



