१ श्रावण २०८३, शुक्रबार

भ्रष्टाचारका सबै काण्डहरुको छानविन गरौं : गगन थापा

एसीपी संवाददाता

२४ पुष २०८१, बुधबार ०८:५६ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरुको छानविन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।

महामन्त्री थापाले आम नागरिकहरुले भ्रष्टाचारकै कारण देशले गति लिन नसकेको भनिरहेको बेलामा जनताले सुनेका सबै भ्रष्टाचारका काण्डहरुको अख्तियार वा सर्वशक्तिशाली आयोग बनाएर अनुसन्धान गर्नुपर्ने बताउनुभयो । उहाँले २०८४ सम्ममा नेपाली समाज भ्रष्टाचार मुक्त बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

महामन्त्री थापाले अनियमिततामा दोषी ठहर भएको खण्डमा शक्तिशाली भनेर छोड्न नहुने बताउनुभयो । उहाँले नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छोड्दैन भन्ने सन्देश दिनुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले नेपाली कांग्रेस कानूनको शासन मान्ने बताउनुभयो । उहाँले गलत काम गर्ने मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्नुपर्ने बताउनुभयो । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x