१ श्रावण २०८३, शुक्रबार

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पदयात्रा सुरु – केसी

एसीपी संवाददाता

२ माघ २०८१, बुधबार १६:१६ मा प्रकाशित

(दुरसञ्चार )  : प्रस्तावित ‘विपी राजमार्ग’ अर्थात खड्कवार–घुइँयाबारी मार्गमा नेपाली कांग्रेसले पदयात्रा सुरु गरेको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर १  बाँकेले आजबाट पदयात्रा सुरु गरेको हो ।

कोहलपुर नगरपालिकाको खड्कवारदेखी सल्यानको कालिमाटी गाउँपालिका अन्तरगत पर्ने घुइँयावारी सम्मका लागि पदयात्रा सुरु गरिएको कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति पोषणराज केसीले जानकारी दिए । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा उक्त पदयात्रा सुरु गरिएको उनले बताए ।

सभापति केसीका अनुसार उक्त मार्गको प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय विपी कोइरालाले बजेट सुनिश्चित गर्दै शिलान्यास गर्ने तयारी गरेका थिए । तर, तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गतेका दिन ‘कु’ गरेपछि सडक निर्माणको काम अलपत्र परेको थियो । स्थानीय बासिन्दाका अनुसार सल्यान–कोहलपुर आवत जावत गर्नका लागि यो सडक अत्यन्तै छोटो दुरीमा पर्दछ ।

स्वर्गिय कोइरालाको परिकल्पना र स्थानीय बासिन्दालाई आवश्यकता समेत रहेको उक्त सडक निर्माण कार्यमा सरकारलाई दवाव दिने उद्धेश्यले पदयात्रा गरिएको केसीले बताए ।

पदयात्रामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण  किशोर घिमिरे, जिल्ला सभापति नारायणप्रसाद गौडेल, लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुसाल,  जिल्ला सचीव सुधान्सु कोइराला, पर्यटनकर्मी श्रीराम सिग्देल कांग्रेस क्षेत्र नम्बर १ का पदाधिकारी लगायत ३५ जना सहभागी भएको सभापति केसीले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x