१ श्रावण २०८३, शुक्रबार

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलिले विपक्षीलाई दिए दनक

एसीपी संवाददाता

३ माघ २०८१, बिहीबार ११:०३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भने ” मध्यरातमा अध्यादेश आयो । पौने ११ बजे कसरी मध्यरात भयो ? मध्यरात भन्नेहरू कुन भू-भागमा थिए ? सरकार विहान, बेलुका, दिउँसो, राति पनि काम गर्छ । हामीले १०-५ को विद्यालय चलाएका होइनौं, कुनै कानुन राति बनाउन पाइँदैन भन्ने छैन । संसदले पनि राति काम गर्छ । राम्रो काम कति बजे गर्नु हुँदैन भन्ने छैन, राति पनि बत्ति बालेरै गर्ने हो। अंक हेरेरै गर्ने हो। यो रात दिन भन्नेहरू अफबाह फैलाउने कुरा मात्र हुन् । यो राम्रो तरिका पनि होइन । यस्ता कुरा स्विकारिँदैन ।

सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफैं टिकिहाल्छ । यसलाई सफल बनाउनु र परिणाम दिनु हाम्रो मुख्य जिम्मेवारी हो । यी अध्यादेश यस रूपमा आउन सक्नुले सरकारको सुशासन र विकासको प्रतिबद्धता ज्वलन्त रूपमा प्रकट भएको छ । पूर्ण सहमतिमा अध्यादेश आएको छ । अध्यादेश राष्ट्रपतिबाट रोकिएको हल्ला चलाइयो । भूमिसम्बन्धी अध्यादेश अध्ययनका क्रममा रहेको मात्रै थियो, रोकिएको थिएन ।

अध्यादेशको विरोध भयो भनेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबारे नक्कली विज्ञप्ति आयो । यी सबै भ्रमहरू चिरिएका छन् । सरकार ढल्यो भन्नेहरूका प्रयास विशाल नदीको किनारमा बसेर छेउबाट ढुङ्गा हानेर नदी छेक्ने प्रयास मात्रै हुन् । “

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x