३२ असार २०८३, बिहीबार

सुप्रिम सहकारी ठगीमा रविविरुद्ध मुद्दा दर्ता हुँदै

एसीपी संवाददाता

६ माघ २०८१, आईतवार १२:४६ मा प्रकाशित

रुपन्देही– जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आज बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी पुरक मुद्दा जिल्ला अदालतमा दर्ता गर्ने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुरमा कारवाही र बिगो माग गर्दै अदालतमा पूरक मुद्दा लैजान लागिएको हो ।

शुक्रबार नै मुद्दा लैजाने तयारी गरिएको भए पनि सवोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिलाई भएपछि सरकारी वकिल कार्यालयले आज १४ जना विरुद्ध पूरक मुद्दा दर्ताको तयारी गरेको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको छ।

जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले जीबी राई, सुप्रिमका अध्यक्ष ओमप्रकाश गुरुङ, सहकारीका व्यवस्थापक सागर केसी, कुमार रम्तेलसहित २८ जनालाई सहकारी ठगीसम्बन्धी मात्र कसुर लगाई २०८१ वैशाख ३ मा सुरु मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले थप १४ गरी ४२ जना विरुद्ध मुद्दा चलाउने राय दिइएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । खबरहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x