१६ बैशाख २०८३, बुधबार

मधेसमा हिन्दी र अङ्ग्रेजीसहित ६ ‘कामकाजी भाषा’को प्रस्ताव, थारू नसमेटिएकोमा आपत्ति

एसीपी संवाददाता

१० माघ २०८१, बिहीबार ११:४४ मा प्रकाशित

जनकपुरधाम । मधेस प्रदेशसभामा प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरिएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ प्रदेशसभामा पेस गरेकी हुन् ।

पेस गरिएको विधेयकमा मधेस प्रदेशमा नेपाली भाषाका अतिरिक्त राष्ट्र भाषाको रुपमा बढी बोलिने मैथिली, भोजपुरी, बज्जिका, हिन्दी तथा अङ्ग्रेजी भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा लागू गर्ने विषय विधेयकमा समेट्ने काम भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x