३२ असार २०८३, बिहीबार

अखिल क्रान्तिकारीको मतगणना अनिश्चित कालिन रोकियो

एसीपी संवाददाता

१३ माघ २०८१, आईतवार १८:४१ मा प्रकाशित

काठमाडौँ । अखिल (क्रान्तिकारी)को २३औं राष्ट्रिय सम्मेलन अन्तर्गत उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ । आइतबार विशेष र विश्वविद्यालय प्रदेशले संयुक्त विज्ञप्ति जारी गरी अनिश्चितकालका लागि मतगणना स्थगित गरेको हो ।

‘मिति २०८१ माघ १२ गते शनिबारका दिन सम्पन्न भएको उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशका मतदान केन्द्रको निर्वाचनको मतगणना विशेष कारणवश स्थगित भई आज मिति २०८१ माघ १३ गते ११ः०० बजेदेखि सुरु गर्ने भनिएकोमा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ’, संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

अखिल क्रान्तिकारीको ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्य पदका लागि शनिबार निर्वाचन भएको थियो । मतपत्रमा प्रयोग भएको आधिकारिक रंगबाहेक अन्यलाई मान्यता दिने कि नदिने विषयमा विवाद भएपछि मतगणना रोकिएको थियो ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x