३२ असार २०८३, बिहीबार

समाजवादी मोर्चाको वृहत् अन्तरक्रिया कार्यक्रम आज हुँदै

एसीपी संवाददाता

१५ माघ २०८१, मंगलवार १०:५५ मा प्रकाशित

काठमाडौं । चार दलको समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ । यसअघि बुधबारका तय गरिएको कार्यक्रम एक दिन अघि मंगलवारका लागि सारिएको हो ।

नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले कार्यक्रम प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजे शुरु हुने जानकारी दिनुभयो ।

वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ विषयक कार्यक्रममा सहभागी हुन मोर्चाका नेताहरूले आग्रह गरेका छन् । मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र नेकपा सहभागी छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भने अहिले यो मोर्चामा छैन । इमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x