अखिल क्रान्तिकारीको तेइसौं राष्ट्रिय सम्मेलन सम्पन्न
( माओवादी नेता गिरिराज मणि पोख्रेलको एफबि बाट )
अखिल क्रान्तिकारीको तेइसौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। प्रतिस्पर्धाको माध्यमद्वारा २४३ सदस्य रहेको केन्द्रीय समिति गठन भएको छ। अध्यक्ष विजय प्रकाश सापकोटा , उपाध्यक्षहरू विराज थापा , उमेश कँडेल , अभिमन्यु यादव, दिपा जैशी , ममता अधिकारी
, अटल आचार्य , मदन ढकाल , कृष्णबहादुर सुनार , सन्दीप पुन; महासचिव रोशन थापा मगर , उपमहासचिवहरु विपिन पोखरेल, गजेन्द्र यादव, निर्मला गौतम, भगवान बास्तोला, रेशम अधिकारी, प्रकाश अधिकारी, रामचन्द्र भट्ट, निरोज श्रेष्ठ, जटिल कार्की , सचिवहरु प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल, सम्झना राई, तिर्सना आलेमगर, सम्कृति पुन, आर्टिस्ट मोक्तान, आशा उपरकोटी, अमर मण्डल, जीतेन्द्र भण्डारी, युन्छो हाङ्ग मावो ; कोषाध्यक्ष फूलमाया रानामगर लगायत कयौं पदाधिकारीहरू प्रतिस्पर्धाबाट छानिएका छन् भने नेतृत्वको एउटा पंक्ति निर्विरोध पनि भएको छ।
चुनावको प्रक्रियामा गएपछि जित हार हुन्छ । हार्नेलाई समेटेर , उपयुक्त जिम्मेवारी दिएर वा व्यवस्थापन गरेर अगाडि बढ्नु जित्नेहरूको कर्तव्य हो। जित्ने हार्ने सबैले आफूलाई एकअर्काको पुरकको रूपमा लिनुपर्छ। खेलमा पनि हार जित भएपछि अँगालो मारेर छुट्टिन्छन्। अखिल क्रान्तिकारीले पनि व्यवहारमा यो संस्कृति लागू गर्नुपर्छ। विद्यार्थी संगठन संगठनको लागि नभएर विद्यार्थी हकहित, राष्ट्रियताको जगेर्ना, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समानुपातिक समावेशी प्रणालीको रक्षा, विज्ञान प्रविधिको आत्मसातिकरण, सार्वजनिक शिक्षाको सबलीकरण, नयाँ पुस्ताको संगठनमा व्यापक प्रवेश र समाजवाद उन्मुख शिक्षा नीतिको निर्माण र कार्यान्वयनको लागि हो। यसका लागि विद्यार्थी संगठनलाई एकताबद्ध बनाउनु अहिलेको प्रमुख कार्यभार हो। क्रान्तिकारी दृष्टिकोण र अनुशासित संगठन निर्माण नयाँ नेतृत्वको आधारभूत जिम्मेवारी हो।
साथै , नयाँ नेतृत्वले नेकपा माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समितिको भावलाई आत्मसात गरेर अगाडि बढ्ने अपेक्षा पनि गरेको छु।
अनेरास्ववियू (क्रान्तिकारी ) को २३ औं राष्ट्रिय सम्मेलन बाट निर्वाचित सबैलाई हार्दिक बधाई सहित कार्यकाल सफलताको शुभकामना !!



