३२ असार २०८३, बिहीबार

प्रयागराजको महाकुम्भ मेलाबाट फर्किरहेका पाँच जना नेपालीको दुर्घटनामा परी ज्यान गयो

एसीपी संवाददाता

२० माघ २०८१, आईतवार ०९:१२ मा प्रकाशित

भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाबाट फर्किरहेका पाँच जना नेपालीको दुर्घटनामा परी ज्यान गएको छ । त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका नेपाली नागरिक चढेको जीप हिजो दिउँसो महोत्तरीसँग जोडिएको भारतको मधुवनीमा दुर्घटनामा परेको हो ।

ज्यान गुमाउनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ का ६० वर्षीय बालकृष्ण झा, उहाँकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका–२ बस्ने ५० वर्षीया मनतारन देवी र धनुषाको गङ्गुली बस्ने ३० वर्षीया अर्चना झा छन् । ज्यान गुमाएका चालकको पहिचान खुलेको छैन ।

दुर्घटनामा ३० वर्षीय मनोहर ठाकुर, २५ वर्षीया कामिनी झा, ५० वर्षीय जगतारण देवी र सात वर्षीया सृष्टि झा गम्भीर घाइते भएका छन् । उनीहरुको मुजफ्फपुरमै उपचार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x