३२ असार २०८३, बिहीबार

जिल्ला प्रहरी बाँकेले खुकुरी प्रहार गरी फरार अभियुक्त पक्राउ

एसीपी संवाददाता

२० माघ २०८१, आईतवार १५:०७ मा प्रकाशित

जिल्ला प्रहरी बाँकेले खुकुरी प्रहार गरी फरार अभियुक्तलाई नेपालगञ्जको एक होटलबाट नियन्त्रणमा लिन सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक आयुसप्रसाद जोशीले दिएको जानकारी अनुसार जाजरकोट कुशे गाउँपालिका–८ निवासी २३ वर्षिय जगत सिंह ठकुरीलाई सो कसुरमा फरार रहेको अवस्थामा प्रहरी नियन्त्रणमा लिईएको हो ।

घटना २०८१ असार २८ गते राती १० बजे नेपालगञ्ज उपमहानगरपालिका टांगास्टेशन नजिकै इरसाद कवडियामाथी ठकुरीले खुकुरी प्रहार गरेका थिए । सो खुकुरी प्रहारबाट कवडियाको ज्यान समेत गएको थियो । ठकुरीलाई गएराती नेपालगञ्ज–४ एक गेष्ट हाउसबाट पक्राउ गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x