३२ असार २०८३, बिहीबार

युवतीको प्रेमजाल कि योजनाबद्ध ठगी? १० लाख असुल्ने ‘हनी ट्र्याप’ काण्ड खुल्यो!

एसीपी संवाददाता

२४ माघ २०८१, बिहीबार १३:१४ मा प्रकाशित

काठमाडौं । ‘हनी ट्र्याप’ मार्फत ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक युवतीलाई पक्राउ गरेको छ। चितवन रत्ननगर नगरपालिका-८ घर भई हाल काठमाडौँ–१३ कुलेश्वर बस्दै आएकी २८ वर्षीया अस्मिता आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार अपराह्न कुलेश्वरस्थित डेराबाटै पक्राउ गरेको हो। प्रहरीका अनुसार आचार्यले इलेक्ट्रोनिक सामान मर्मत गर्ने एक व्यक्तिलाई ‘हनी ट्र्याप’मा पारेर जबरजस्ती रकम असुल्ने कार्य गरेकी थिइन्।

प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, उनले ‘राइस कुकर बनाउने’ बहानामा पटक-पटक ती व्यक्तिलाई कोठामा बोलाएर पैसा माग्दै आएकी थिइन्। जब ती व्यक्तिले पैसा दिन अस्वीकार गरे, उनलाई ‘जबरजस्ती करणी’को झूटो मुद्दामा फसाइदिने धम्की दिइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार, पीडितलाई १० लाख रुपैयाँ दिन बाध्य बनाइएको थियो। तीमध्ये तीन लाख रुपैयाँ चेकमार्फत दिइसकिएको र बाँकी सात लाख एक साताभित्र बुझाउने सहमति भएको खबर प्रहरीसम्म पुगेपछि अनुसन्धान अघि बढाइएको थियो।

प्रहरी टोलीले सूचना प्राप्त गरेपछि कुलेश्वरस्थित डेराबाटै आचार्यलाई पक्राउ गरेको हो। उनलाई आपराधिक लाभसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ। नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x