३२ असार २०८३, बिहीबार

साइबर अपराध रोक्न विधेयक दर्ता भएको हो – पोख्रेल

एसीपी संवाददाता

२८ माघ २०८१, सोमबार ०६:४४ मा प्रकाशित

काठमाडौं । साइबर अपराध रोक्न विधेयक दर्ता भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । उनले भनेका छन् -“विधेयक दर्ता भएको छ नियमनका लागि । दुरुपयोग र साइबर अपराध रोक्नका लागि ।”

आज महासचिव पोखरेलले फेसबुकमार्फत समाजिक सन्जाल विधेयक केवल साइबर अपराध रोक्नका लागि दर्ता गरिएएको बताएका हुन् ।

उनले यस्तो लेखेका छन् – (जस्ताको तस्तै)

यतिवेलाको चासो  चिन्ता
विधेयक दर्ता भएको छ नियमनका लागि । दुरुपयोग र साइबर अपराध रोक्नका लागि । विरोध सुरुभएको छ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका नाममा ।सरकारले न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको छ । न त त्यसो गर्न संविधानले अनुमति नै दिन्छ । न संसदले नै त्यो काम गर्नेछ ।सोसल मिडियाको नियमन आवश्यक छ । विधेयक त्यसका लागि नै दर्ता गरिएको छ । मुलतः त्यो प्लेटफर्मको दर्ताको आवश्यकता र दुरुपयोग तथा त्यस मार्फत हुने अपराध नियन्त्रण गर्ने कुरासंग सम्वन्धित छ । साइबर क्राइम इन्टरनेट र सामाजिक संजालको प्रयोग गरी गरिने विश्वव्यापी रुपमा स्विकार गरिएको गम्भीर प्रकृतिको अपराध हो । त्यसको नियन्त्रण आवश्यक मात्र होइन अपरिहार्य विषय हो । नेपालको कानून त्यस मामिलामा कमजोर भएका कारणले त्यस प्रकृतिका अपराध बढेको तथ्यप्रति कसैले पनि आँखा चिम्लन मिल्दैन । विधेयकमा केही अस्पष्टता छन् र सुधार गर्नुपर्ने देखिए संसदले सुधार गर्न सक्दछ । संसदीय प्रकृयाको विशेषता नै त्यही हो । तर, विगतमा आफैंले विधेयक मस्यौदा गर्न लगाएका र त्यसका वारेमा आफ्नो मत वाहिर ल्याएका दलहरुले नै यसको विरोध गर्नु अनैतिक कार्य हो । यस्ता कुराप्रति नागरिकहरु  सचेत हुनु पर्दछ । अराजकता र अपराधको नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो र हुनुपर्दछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x