३२ असार २०८३, बिहीबार

भारतीय उर्जामन्त्रीको नेपाल भ्रमणपछि मात्रै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने

एसीपी संवाददाता

२ फाल्गुन २०८१, शुक्रबार १३:०५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भारतीय उर्जामन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणपछि मात्रै हुने भएको छ ।

बिहीवार भारतको भ्रमण सेकर स्वदेश फर्किएका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले चाँडै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्नुहुने बताएका हुन्।

उनले छिटै नै भारतीय उर्जामन्त्री नेपाल आउने र त्यसपछि मात्रै प्रधानमन्त्री ओलीको भारत भ्रमण तय हुने बताए।  ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भग लिएर स्वदेश फर्किएका मन्त्री खड्काले भारत भ्रमणका क्रममा तीन जना मन्त्रीहरु ९विद्युतमन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सिआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग० सँग भेट गरेको र ठूला आयोजना सम्पन्न गर्ने बारेमा छलफल सकारात्मक रहेको जानकारी दिए। उनले भारतीय उर्जामन्त्री चाँडै नेपाल आउने तय भएको जानकारी दिए।

उनले भने, ‘उर्जामन्त्री भारतबाट आइसकेपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिट हुने कुरा छ । त्यसपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिटको मिति तय हुन्छ भन्ने हाम्रो अनुमान छ ।’नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x