३२ असार २०८३, बिहीबार

भ्रातृ संगठनहरुको अधिवेशन तोकिएकै समयमा गर्ने कांग्रेसको निर्णय

एसीपी संवाददाता

२ फाल्गुन २०८१, शुक्रबार १३:०९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न भ्रातृ संगठनहरुको अधिवेशन तोकिएकै समयमा गर्ने भएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भ्रातृ संगठनहरुबीचको छलफलपछि सबै भ्रातृ संगठनहरुको अधिवेशन चैत महिनामै गर्ने निर्णय गरेको हो ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही चुनौती भएपनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको बताउनुभयो । उहाँले भ्रातृ संस्थाका निर्देशन समिति र प्रमुखहरुसँग अधिवेशन तयारीका बारेमा छलफल भएको बताउनुभयो । तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न पार्टीले गर्नुपर्ने सहयोगका बारेमा सुझाव पनि लिएको प्रवक्ता महतले बताउनुभयो ।

प्रवक्ता महतले नेतृत्व तहबाट अधिवेशनको म्याद नथपिने निर्णय भएको बताउनुभयो । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x